ज्ञान अङ्कको तराजुमा तौलिदैन

(१)
रिजल्ट आयो,
“नानीको रिजल्ट के भयो?”, मैले सोधे
“बाबू, छोरीले त कक्षाका सबैलाई पछाडि पारिछिन, ७ बाट ८ कक्षामा उक्लिदा प्रथम भईन”, अङ्कल खुसिले गदगद हुँदै मलाई सुनाउदै हुनुहुन्थ्यो ।
“नानी लाई बधाई सुनाईदिनुस है अनि हजुर र आन्टी दुबैजनालाई नि बधाई दिन चाहे, अनि साच्चै कति प्रतिशत आएछ नानीको यो पाली?, मैले अङ्कललाई सोधे ।
प्रतिशत त त्यस्तै ७२ को आसपास छ, अनि द्दितिय हुनेको ६५ आएको रहेछ, अङ्कल भन्दै हुनुहुन्थ्यो ।

(२)
जिल्लास्तरिय परिक्षा सकिएछ, रिजल्ट आयो ।
मैले फेरि पोहोर साल सोधेजसरी नै सोधे,
“नानीको रिजल्ट के भयो?”
अङ्कल पोहोरजस्तो खुसी देखिनु हुन्नथ्यो, जुन कुरा अनुहारका भावहरुबाट प्रष्टै आकलन गर्न सकिन्थ्यो ।
अङ्कलले भन्नुभो,”  बाबु, नानी पास भईन तर यो पटक कक्षामा द्दितिय भईछिन “
रिजल्ट राम्रो नै गरिछन त अङ्कल, बधाई सुनाईदिनुस नानीलाई अनि तपाईहरुलाई नि बधाई, अनि साच्चै कति प्रतिशत ल्याईन?, मैले सोधे ।
नानीको त्यस्तै ७७ प्रतिशत आएको छ तर प्रथम हुनेले ५ अङ्क मात्रले उछिनेछन र झन्डैझन्डै ७८ प्रतिशत आएको रहेछ ।

यसरी एक वर्षको अन्तरमा माथिका दुई प्रशङ्गको जन्म भयो । खासमा माथिका प्रशङ्गबाट धेरै कुरा छर्लङ्ग देख्न सकिन्थ्यो ।
यसबाट सङ्ख्यात्मक र गुणात्मक कुराको भिन्नता सजिलै बुझ्न सकिन्छ ।

मानौ या नमानौ, कक्षामै पनि बढी नम्बर ल्याउनेलाई एउटा चस्माले हेर्ने गरिन्छ र कम नम्बर ल्याउनेलाई अर्कै चस्माले हेर्ने गरिन्छ ।
जबसम्म एकै पावर भएको आखामा दुई फरकफरक चस्मा लगाईन्छ, तबसम्म यो स्थिती बदलिदैन ।
हामी नम्बरमा नरमाउ, ज्ञानमा रमाउन सिकौ ।
जबसम्म अध्ययन लाग्छौ, तबजम्म ज्ञानमा रमाउ, जब ज्ञान प्रयोग गर्नुपर्ने ओहोदामा पुग्छौ, तब सिपमा रमाउ ।
अध्ययन नै ज्ञान हो, ज्ञान नै सीप हो, सीप नै जीवन हो ।

(पुनश्च: सबै पढेका बुझ्ने हुन्छन भन्ने हुदैन र कुनै कुरा बुझ्नलाई पढेकै हुनुपर्छ भन्ने छैन)

Post a Comment

Previous Post Next Post