चिन्ता भोलिको

 बिन्ती छ, 

बालबालिका लाई टिकटकमा नभुलाम है अभिभावक ज्युहरु,


यसको मनोसामाजिक असर गहिरो हुन्छ, मान्छेहरु तेत्रा बच्चाबाट दिनकै कति भिडियो बनाउन सक्या हुन ?


कसैको जिवनसङ्ग मेल खान गएमा यो पढेर म सङ्ग नरिसाउनुहोला, आजै बच्चालाई टिकटकबाट टाढा राख्नुस ।




मैले पहिलेदेखी एक जना छिमेकी फुच्चीमा यसको प्रभावबारे नियालिरहेको थिए ।

७ बर्षकै उमेरमा उनी मोबाईल बिना बाच्नै नसक्ने जस्ती भएकी छिन, मोबाईल भन्दा अझ भनौ, ईन्टरनेट बिना ।

=> मैले देखेको,उनी आमा सङ्ग बाकी बच्चाहरु भन्दा निकै कम घुलमिल हुने गरेको पाएको छु ।

=>त्यति सानै उमेरमा सानो सानो कुरामा एक परिपक्वमा देखिने जस्तै झर्किने स्वाभाव उनमा भेट्ने गरेको छु ।


उनी खाली मोबाईलमा झुन्डिरहन्छिन, आमाबुवा आफ्नै काममा व्यस्त हुन्छन, 



कालान्तरमा नानी ठुली हुदा पछि पक्कै उनले यो अभाव महशुस गर्नेछिन, तर त्यो कुराको परिपुर्ती त अब त्यो उमेरमा हुनै सक्दैन ।


सोच्दासोच्दै चकमन्न पर्छु 😁

Post a Comment

Previous Post Next Post