मेरो मन सापट लिएर त हेर

 मन एकातिर भौतारिरहेछ, मुटु अर्कैतिर रुमल्लिरहेछ

मष्तिश्क फेरि अन्तै घोरिईरहेछ
त्यो एकातिर, अर्कैतिर, अन्तै भनेको एउटै हो
त्यो एउटै भनेको फेरि तिमी हौ

हिजो क्षितिज काटिसकेसी तिमिलाई
म भोलिको सुर्योदयसम्म पर्खिरहनेछु
त्यसका लागि आज 
पर्खाईको चन्द्रमा साक्षी छ
वेदनाका जुनहरु रुघिरहेछन
सन्देशका हावाहरु ठिङ्ग छन
भोलिसम्मको लागि;
यो नभनिकन कि
चाहे त्यो भोलि, भोलि होस
या चाहे भोलिको भोलि
तर तिनिहरु साक्षी बस्नेछन, रुघ्नेछन, ठिङ्ग उभिनेछन
मात्र भोलि सुर्योदय नहुदासम्मलाई 



त्यसैले अहिलेलाई म तिमिलाई यति मात्र भन्न चाहन्छु

एकैछिनलाई मेरो मन सापट लिएर त हेर
तिमी थाहा पाउनेछौ
एउटै मनमा दुईटा मन कसरी अट्छ भनेर





2 Comments

  1. मेरो मन सापट लिएर त हेर!!

    ReplyDelete
    Replies
    1. स्याङ्जा कै हुनुहुदो रहेछ, तर चिनिएन नि

      Delete
Previous Post Next Post