उमेर अनि सम्बन्ध हरु

 उमेर

बाँसको तामाजस्तै बढ्दै जान्छ

बढ्दै जान्छ
यस्तो लाग्छ
किरोरावस्था भनेको
असार साउनको बर्खा जस्तै हो
जुन बेला तामाका मुनाहरु
लाजको बोक्राले ढाकिईसकेका हुदैनन
त्यसबखत
उनिहरु
बिनाबोक्रा भलाकुसारी गरिरहेका हुन्छन
बाँस नै बाँसको को भिडबिच पनि

तर समय सधै एकैनासको कहाँ हुन्छ र?
अब महिना भदौको लाग्छ
केही काटिन्छन
केही मासिन्छन
त केही शेष रहन्छन
सम्बन्धहरुजस्तै !

तामा र बाँसलाई जोड्ने भनेकै
उमेरले नै त हो
उमेर बढ्दै जान्छ
लाजको बोक्रा थपिदै जान्छ
अनि तामा बाँस बन्छ

हिजोको तामा अब हिजोजस्तो
खुल्ला रहेन,
त्यसको कारण
तामामा लेपिएको बोक्रा थियो

अब तामा बाँसमा फेरियो
उसले पनि
तामा हेरिरह्यो;
जसरी हिजो उ हेरिएको थियो

तामाको उमेर फेरियो
सङ्गसङ्गै सम्बन्धको पनि ।।


                                                             प्रतीकात्मक तस्बिर 



Post a Comment

Previous Post Next Post