हामीले देख्ने

हामीले देख्ने पहाडहरु

उभिरन्छन कि

उभिदा उभिदा पट्यार लागेर

थकाई मारी बस्दा हुन ?



हामीले देख्ने नदि हरु

बगिरहन्छन कि

बग्दा बग्दै 

कुनै स्थान पुगि

विश्राम पनि मार्दा हुन ?


हामीले देख्ने जिवजन्तु

अनि जनावरहरु

साच्ची, जनावर नै हुन कि?

उनिहरुले नि हामीलाई 

जनावर देख्दा हुन ?


कति रोमान्चक छ है ?

हामीले देख्ने 

आखाको दृष्टि 

अनि कल्पनाको दृष्टि ।




#अपुर्ण 

Post a Comment

Previous Post Next Post