अरु के होला र ?

अरु के होला र ?

एउटा विध्यार्थी भन्छ पढ्न र पढेर सम्झिन भन्दा बढी दुख यो सन्सारमा अरु के होला र ? एउटा आमा भन्छिन सन्तान हुर्काउन अनि बढाउन भन्दा बढी दुख यो सन्सारमा अरु के होला र ? एउटा बा भन्छन डेबिट र क्रेडिटको सन्तुलन बनाउन भन्दा बढी दुख यो सन्सारमा अरु के होला र ?


एउटा मजदुर भन्छ साझको छाकको लागि बिहानको छाक कटाउन भन्दा बढी दुख यो सन्सारमा अरु के होला र ? एउटा प्रेमी भन्छ सम्बन्धको डोरि चुडिनबाट बचाउन भन्दा बढी दुख यो सन्सारमा अरु के होला र ? तर म भन्छु आफ्नालाई आफ्नो बनाउन भन्दा बढी दुख यो सन्सारमा अरु के होला र ?


Post a Comment

Previous Post Next Post