पिरलो, बिहेबाट बच्नलाई


कसैको आँखाले केही कुरा हेर्दा केही देख्ला त अर्कैको आँखाले त्यही कुरालाई नै हेर्दा अर्कै देख्न पनि सक्छ अथवा भनौ त्यही कुरालाई फरक देख्न सक्छ । मैले यहाँ भन्न खोजेको चाहिँ के भने, आज नारी दिवस, कसैले यसलाई कुन रुपमा हेर्लान् त कसैले यसलाई अर्कै रुपमा हेर्लान् तर म एक विद्यार्थी भएको अर्थमा मैले अन्र्तराष्ट्रिय नारी दिवसलाई राष्ट्रिय भित्रको पनि एउटा शिक्षित क्षेत्रलाई मात्र हेर्ने प्रयत्न गरेको छु । 

विश्वमै अन्यत्र कतै नभएको तर नेपाली महिलाहरुमा भएको एउटा डर भनेको ब्याचलर तह पास भएपछि उनीहरुको हुनसक्ने सम्भावित बिहेबाट जतिसक्दो प्रयासहरु लगाएर उम्कने कोसिस गर्नु हुन्छ । यथार्थमा भन्नुपर्दा स्नातक तह उत्र्तीर्ण भईसकेपछि उनीहरु उमेरको हिसाबले त बिहेको लागि योग्य होलान् तर आजभोलि कतिपय केशहरु यस्तो पनि देखिन थालेका छन् कि उनीहरु स्नात्तोकोत्तर पढ्न त चाहन्छन् तर विभिन्न कारणहरुबस आफ्नो अध्ययनलाई निरन्तरता दिन पाउँदैनन् र र्निविकल्प भई बिहेको बाटो रोज्न बाध्य पारिन्छन् । फलस्वरुप आज भोलि यस्ता केशहरु प्रशस्त मात्रामा देखिन थालेका पनि छन् ।

अहिलेका शिक्षित भनिएका महिलाहरुको लागि प्रमुख समस्या अनि टाउको दुखाईको विषय भनेको यहीै नै हो । कोही मास्टर्स पढ्छु भनेर बिहेबाट उम्किएलान् , कोही विदेश पढ्न जान्छु भनेर उम्किएलान् त कोही अपवाद संख्याले लोकसेवाको तयारी गर्छु भनेर उक्त समस्याबाट छुटकारा पाउन सक्लान् तर अधिकांश महिलाहरुको हकमा भने यी विकल्पहरुमा कुनै पहुँच देखिदैन । 

यसबाट कतै उनीहरु दृश्य अनि अदृश्य दुबै रुपमा विशेषगरि आफ्नै परिवारबाट बिहेका लागि बाध्य पारिएका त छैनन् ? अनि उनीहरुको यो प्रकारको मौनताले भविष्यमा कति सम्म असर पार्न सक्छ ? भन्ने प्रश्न अहिलेको समयको लागि टड्कारो भएर प्रस्तुत भएको छ । र अहिलेका शिक्षित महिलाहरुले यो विषयलाई गम्भीर भएर उठाउनुपर्ने बेला आएको छ । 




Post a Comment

Previous Post Next Post