जिरो तह । FRAME OF REFERENCE

आईन्सटाईनले भनेर गए, हरेक कुरा एकआपसमा सापेक्षित हुन्छन् । जस्तो कि कुनै एक कुराको आधारमा नै कुनै अर्को कुराको वर्णन गर्न सकिन्छ । 

दार्शनिक रुपमा हेर्ने हो भने सापेक्षिक कुराहरु आफैमा नै सापेक्षित हुन्छन । जस्तो कि भनौँ, सापेक्षताको पनि एउटा तह हुन्छ । हामीले सापेक्षिक कुराहरुको वर्णन गर्नुपर्दा पनि सापेक्षिक नै हुनुपर्छ । 

मेरो विचार अनि अनुभवका आधारमा म के भन्न सक्छु भने हामी जे छौ, जे हौ, हामीसँग जे छ त्यो भनेको जिरो हो, एउटा बेस लेभल हो, भनौ एउटा आधार तह हो । हामी हिजो भन्दा केही कुरामा उन्नती, प्रगती गरौँला अथवा भनौँ तल झरौला, जस्तो जे भएपनि हामी जिरोमा नै हुन्छौ । त्यहाँ हाम्रो न उन्नति, प्रगति भएको हुन्छ न त दुर्गति नै भएको हुन्छ ।

जस्तो कि कुनै एउटा व्यक्तिले कुनै एक सोच बोकेको छ भने उसको सोच्ने धरातल पनि आफु स्वयम्ले बोकेको विचारले बनेको हुन्छ । त्यसैले उ जुन धरातलमा उभिएको हुन्छ, ऊ त्यही विचारको धरातलमा नै हुन्छ । त्यसैकारण यो भन्न सकिन्छ कि हामी जे मा छौ, जे सोच्छौ अनि जे गर्छौ, त्यो सबै भनेको एकै हो । यी सबै एकै विचारबाट सञ्चालित भएका हुन्छन । त्यसैले सापेक्षिक रुपमा वर्णन गर्नुपर्दा त्यो जिरो नै हुन्छ र यहाँ जिरोको अर्थ एकै भन्ने हुन्छ । 

यो सापेक्षिक जिरो पनि बडो अचम्मको छ । यहाँ त एउटा जिरोले आफुजस्तै अर्को जिरो खोजिरहेको हुन्छ र अधिकांश केसमा आफु जस्तै जिरो भेटाईरहेको पनि हुन्छ । जस्तो कि मानौ, हाम्रो समाजको चित्रण नै यही सापेक्षिक जिरो मार्फत गर्न सकिन्छ । 

मानौ कि कसैले बिहे गर्दैछ भने हाम्रो समाज यस्तो बनिदिएको छ कि उसले आफ्नो हैसियत बराबरको जिरोको केटाकेटी खोजेर जम्मा गराईदिएर बिहे गराईदिन्छ । नत्र आफै भन्नुस न कतै तपाईले खुङखार धनी अनि एउटा झुपडीको बिहेबारी भएको देख्नुभएको छ? अपवादलाई अहिले टाउकोबाटै झिकेर फालिदिनुस ।

धेरै जसो केसमा पानी चुहिने झपडीको बिहे पानी नचुहिने झुपडीसँग भएको पाईन्छ र कति केसहरु यस्तो पनि बारम्बार सुन्नमा पाईन्छ कि पानी नचुहिने झुपडीले पानी चुहिने झुपडीसँग निश्चित पैसा, जिन्सी सामानहरु दाईजो भन्दै मागिरहेका पाईन्छन् । ए बाबा? बिहे गर्न पनि घुस खुवाउनुपर्ने हाम्रो यो कस्तो समाज?

बडो बिडम्बना ! कति सम्म परिमाणको घुसलाई राम्रो भन्छन्, त्यो त म जान्दिन तर उनीहरुकै भाषामा भन्नुपर्दा बिहेमा राम्रो घुस दियो ईज्जत थामिने अनि कारणबस घुस राम्रो नलागे सानो जिरो माथि पेट्राल छर्किने, श्रीमान तर्किने अनि सासु ससुरा अर्कैतिर फर्किने हाम्रो समाजमा बडो अचम्मका साथ सामान्यीकरण भएको कुरा स्पष्ट सँग अनुभुति गर्न सकिन्छ । यो त भयो, झप्रोवाला पानी चुहिने सानो जिरो र पानी नचुहिने झुप्रोवाला ठुलो जिरोको कथा । यसकारण हामी त यस्तो भएछौ कि हामीले विवेक त पढ्छौ तर हामी विवेकी भएनछौ, हामीले आफुलाई सामाजिक प्राणी त भन्छौ तर हामी आफैमा सामाजिक भएनछौ ।




निरन्तर .........


Post a Comment

Previous Post Next Post