हिमाल छ,हिउँ छैन

 शिर्षक: हिमाल छ,हिउँ छैन

तिमी उही हौ?

जुन मैले सोचिरहेको छु

तिमी उही थिएउ?

जुन मैले सोचिरहेको छु

तिमी आजभोलि

पहिलेभन्दा निकै पृथक देखिन्छौ

जुन कुरा

मेरा आखाले मात्र बोलिरहेको छ कि,

तिम्रो आत्माले पनि स्विकारी सक्यो?

पहिले पहिले कल्पनामा

तिमी हिमाल बनेर आउथेउ

म तिम्रो लागि, उ त्यो परको

हिउले भरिएको डाडो चोर औलाले देखाउदै,

हिमालसामु तिम्रो अपुर्ण वर्णन गर्थे

तर किन किन

आजभोली यस्तो लाग्दैछ

अब त्यो डाडोमा हिमाल छ, हिउँ छैन

Post a Comment

Previous Post Next Post