साईट ईन्जिनियरको भूमिका र जिम्मेवारी

 

सिभिल ईन्जिनियर जसलाई विशेष गरी भौतिक पूर्वाधार विकासको खम्बाको रुपमा हेर्ने गरिन्छ । जुन सुकै देशको पूर्वाधार विकासमा यिनीहरूले अनुलनीय योगदान पुर्याएका हुन्छन । त्यसमध्ये कुनै विकास निर्माणको काममा उक्त विकास निर्माण को क्षेत्रमा गएर, अधिकांश समय तेहि सेरोफेरोमा रहने ईन्जिनियर लाई साईट ईन्जिनियर भनिन्छ ।

हर कोही साईट ईन्जिनिएरको भूमिका र जिम्मेवारी निर्माण कार्यको प्रकृति, गुणस्तर नियन्त्रणको सिमा र रिपोर्टिङ अनुसार फरक फरक हुन सक्छ । जसरी एकै प्रकृतिका कामहरू पनि भिन्न भिन्न क्षेत्रमा भिन्ना भिन्नै कार्यतालिका र विधि अनुसार सम्पन्न भएको पाइन्छ । त्यसले गर्दा पनि एकजना साईट ईन्जिनिएर लाई एकै को प्रकृतिको कामको लागि पनि विभिन्न समयमा गरेर छुट्‌टा छुट्‌टै निर्णय लिनुपर्ने हुन सक्छ । त्यसैले कुनै पनि योजनाको कार्य प्रगति, कार्यको गुणस्तर अनि कार्यको लागतलाई साईट ईन्जिनियर ले ठाउको ठाउँ गनुपर्ने निर्णयले निकै प्रभाव पार्दछ । साईट ईन्जिनिएर हरुलाई यस अर्थमा निर्णायक रुपमा हेर्ने गरिन्छ । यसरी ठाउको ठाउँ अर्थात् अन दि स्पट गर्नुपने निर्णयहरु फरक फरक साईट ईन्चार्ज अथवा सिभिल साईट ईन्जिनिएर अनुसार भिन्नाभिन्नै हुने हुँदा उनीहरूको भूमिका र जिम्मेबारी ठ्याक्कै यही नै हुन्छ भनी कुनै विशेष बुदा हरूमा उनीहरुलाई अटाउन सकिदैन।

साईट ईन्जिनिएर को भूमिका र जिम्मेवारीमा प्रभाव पार्ने अर्को कुरा साइट मा हुने विभिन्न गतिबिधि र त्यो साईट को अवस्था अनुसार पनि फरक पर्न सक्दछ । तर उनीहरूको भूमिका र जिम्मेवारी लाई एकमुष्ठ मा विशेष बुदाहरुमा अटाउने सकिँदन  भन्ने चाहिँ होईन ।

अधिकारी वा डिजाइनर को तुलनामा सबैभन्दा बढी अधिकांश समय निर्माण क्षेत्रमा बिताउने भनेको साईट ईन्जिनियर ले नै हो । साईट ईन्जिनियर , दैनिक रुपमा डिजाइन र मापदण्ड अनुसार हुनु पर्ने कामहरूमा अद्यावधिक अर्थात् अपडेट भएको हुनुपर्छ ।
दैनिक को साथ साथै योजनाको कार्यतालिका अनुसारको निकट भविष्यमा हुन सक्ने अग्रिम रूपमा आकलन गरिएका काम सङ्ग पनि परिचित हुनुपर्छ । पहिल्यै गरिएको कार्यतालिकाको क्रम र साईट ईन्जिनियरको निर्णायक भुमिकाबाट नै योजनाले मुर्तरुप पाएको हुन्छ । त्यसकारण जुनसुकै निर्णय लिदै गर्दा अहिलेसम्म कति काम सम्पन्न भयो, वर्तमानमा योजनाअनुसार कहाँ हुनुपर्ने थियो, तर कहाँ छौ र भविस्यमा के गर्दै छौँ अथवा के गर्छौं भन्ने कुरा निर्माण क्षेत्रमा साईट ईन्जिनिएरले स्पष्ट पार्न सक्ने हुनुपर्छ ।

साईट ईन्जिनियर हरु योजनाको संख्या र आकार हेरेर विभिन्न योजनाहरुमा चलायमान हुन पनि सक्छन् । त्यस क्रममा फरक फरक योजनाले मागे अनुसार योजना अनुरूप उल्लेखित मापदण्डको सीमा पुग्ने गरी कार्य सम्पादन गर्नुपर्छ । मापदण्ड अनुसार वस्तु तथा मेसिनको गुणस्तर, उल्लेखित कार्य हकको काम त्यहाँ उल्लेखित स्पेसीफिकेसन अनुसार नै भएको हुनुपर्छ |

साईटमा, आशा नै नगरिएका थुप्रै समस्याहरू कुन, कतिबेला आउछन भन्ने थाहा नै हुँदैन । त्यसैले त्यस्ता समस्याको अध्ययन गर्न सक्ने र राम्ररी अध्ययन गरिसकेपछि त्यसको उचित समाधान निकाल्न सक्ने खुबी साईट ईन्जिनिएरमा हुनैपर्छ ।

साईटमा संलग्न विभिन्न व्यक्तिहरु संगको अन्तरक्रिया र साईटमा उपलब्ध resources हकको अपडेट राख्नुपर्दछ । जसले गर्दा साईटमा कम्तीमा पनि आउदो २ हप्तामा हुन सक्ने तथा गर्न सकिने कामको तालिका तथा रिपोर्ट बनाउन पनि सहज हुन्छ । यसले गर्दा साईटमा आउन सक्ने विभिन्न कठिनाई तथा अभावको समस्याहरुलाई समस्या आउनु अगावै निर्मुल गर्न तथा त्यस्ता समस्या बाट हुन सक्ने क्षतिबाट बच्न सकिन्छ । यसको लागि दैनिक टिपोट एवम् रेकर्ड राख्ने र रिपोर्टहरु बनाउने गर्नुपर्दछ ।

निर्माण क्षेत्रमा सङ्लग्न सम्पूर्णको स्वास्थ्य तथा शारीरिक सुरक्षाको जिम्मेवारी पनि साइट ईन्जिनियरकै काधमाथि रहेको हुन्छ। त्यसैले उनीहरुलाई सेफ्टी ईन्जिनियर पनि भन्न सकिन्छ। निर्माण क्षेत्र काम गर्नको लागि सुरक्षित छ भन्ने प्रत्याभुती दिलाउन र त्यहाँ भईरहेका कामहरु सुरक्षित तबरले भईरहेका छन कि छैनन् भनी अनुगमन गर्ने जिम्मेवारी पनि साईट ईन्जिनियरकै रहन्छ ।

निर्माण क्षेत्रमा भईरहेका कामको प्रकृति हेरेर साईटमा नै  स्वास्थ्य सँग सम्बन्धित व्याति राख्नु पर्छ कि पर्दैन भन्ने कुरा सम्बन्धितलाई जानकारी गराउने र सुझाब दिने जिम्मेवारी पनि साईट ईन्जिनिएरले बोकेका हुन्छन । 

निर्माण कार्यमा भईरहेका कामको गुणस्तरको सुनिश्चितता गर्ने ठूलो जिम्मेवारी पनि साईट ईन्जिनियर कै हातमा हुन्छ । योजना बनाउदा देखि काम सकिदासम्म हुन सक्ने त्रुटि अर्थात् डिजाइन देखि योजना सम्पन्न भएपछि हस्तान्तरण सम्म गुणस्तरमा असर गर्ने खालका कुराहरु साईट ईन्जिनिएरले टिपोट गरेर आफुभन्दा माथिल्लो निकाय लाई उल्लेख गरी उक्त त्रुटि सुधारको लागि जानकारी तथा ध्यानाकर्षण गराउन सक्छ ।

त्यस्तै, एक जना साईट ईन्जिनिएर नेतृत्व गर्नसक्ने खुबी बोबेको हुनुपर्छ । निर्माण क्षेत्रमा कार्यप्रकृति अनुसार फरक फरक प्रकृतिका जनशक्ति हुन्छन् । फरक फरक प्रकृतिका जनशक्ति लाई उत्प्रेरित गरी कार्य प्रगतिको गतिलाई बढाउन लाई सक्षम नेतृत्वले महत्वपूर्ण भूमिका खेल्न सक्छ । त्यस्तै, नेतृत्व सँगसँगै डिजाइन र मापदण्ड अनुसार गर्नुपर्ने कामलाई ठेकेदार, सुपरिवेक्षक, तथा विभिन्न कामदार हरुलाई उनीहरूको बुझ्न सक्ने क्षमता अनुसार उनीहरूलाई स्पष्ट बुझाउन सक्ने साईट ईन्जिनिएर हुनुपर्छ जसले गर्दा मापदण्ड अनुसारको काम उल्लेख भए अनुसार नै तोकिएको समय र बजेट भित्रै रहेर सम्पन्न गर्न सकिन्छ।

यसको मतलब निर्माण योजना पनि उल्लेखित समय र बजेट र गुणस्तर को सीमा भित्र बसेर सम्पन्न गर्न सकिन्छ।                                                                                                                            

                      साईट ईन्जिनियर : प्रतिनिधि मुलक तस्बिर

लेखक: शिशिर भण्डारी Writer Profile


ऊनी सिभिल ईन्जिनियर साथसाथै Structural Dynamics Book "reference textbook" का लेखक पनि हुन ।

Post a Comment

Previous Post Next Post