कोरोनाको एक दिर्घकालिन प्राविधिक पाटो : ( निजी विचार )

 संसारमा जुनसुकै विपत आवोस, त्यसको समाधान गर्न होस या भविष्यमा त्यस्तो प्रकृतिको विपदलाई न्युनीकरण गर्न होस अथवा विपदलाई रोकथाम गर्न होस, त्यसमा प्राविधिक पाटो कहि न कतै जोडिएकै हुन्छ।

चाहे त्यो भुकम्पमा होस वा चाहे त्यो कोरोनाको विपदको घडिमा होस, त्यसलाई नियन्त्रणमा लिन प्राविधिक पक्षको निकै ठूलो योगदान हुन्छ ।

जस्तो कि, भुकम्प पश्चात: सम्पुर्ण सरोकारवाला निकायहरु घरहरु सुरक्षित हुनुपर्छ भन्ने कुरामा अडिग रहे
फलस्वरूप आज नक्सा डिजाईन गर्नेदेखी नक्सा पास सम्म गर्दा कुनै हेलचेक्र्याई नगरी सुरक्षित घर बन्नुपर्छ भन्ने कुरा दृढताका साथ लिने गरेको पाईन्छ । भलै महाभुकम्प राम्रो होईन, तर यसले जुन सुरक्षित घरको पाठ नेपालजस्तो देशलाई दिएर गयो, त्यो निकै सम्झनलाएक नै छ ।।

जसरी भुकम्पले घरहरु सुरक्षित हुनुपर्छ भन्ने सन्देश दिएर गयो, त्यसै गरि कोरोनाले पनि घरहरु मात्र नभएर ती घरहरु रहेको सहर नै सुरक्षित हुनुपर्छ भन्ने सन्देश पक्कै पनि दिएरै जानेछ ।।

आज हामी सबैले थाहा पाईसकेको कुरा के हो भने सरुवा रोग कम घनत्व भएको ठाउमा बिस्तारै अनि बढी जनसाङ्खिक घनत्व भएको ठाउँमा तिव्र रुपमा फैलिने सम्भावना बढी हुन्छ ।।

त्यसैले अबका दिनमा उपत्यका र अन्य केही सहरहरुमा मात्र बाक्लो बस्ती बस्नुलाई टाउको दुखाईको बिषयमा लिनु निकै जरुरी भैसकेको छ ।।

विपद कहिले पनि बाजा बजाएर आउदैन, निस्चित समयपश्चात कोरोना विपद त टर्ला तर कोरोनाभन्दा अर्को ठूलो विपद नआउला भनेर अडकल काटेर बस्न सकिँदैन ।त्यसैले यस्ता बहसहरुलाई मनन गरि ठोस कदमहरु अगाडि बढाईयो भने ती बहसहरु पक्कै पनि तत्कालिनका लागि त भैहाले, दिर्घकालका लागि पनि निकै अर्थपुर्ण सावित हुनेमा कुनै दुईमत छैन ।।

कोरोना विपदपश्चात आउने प्राविधिक पाटोमा जग्गा एकिकरणका योजनाहरु देखि लिएर बिस्तारै विकास हुँदै गरेका तर भविष्यमा सेवा, सुविधाको पहुँच सङ्गै एक्कासी बस्ती विकास हुन सक्ने ठाउँ तथा नगरहरुको पहिचान गरि त्यहा अबको बिकास निश्चित योजनाबद्द ढङ्गले हुनेपर्नेछ ।।
र त्यस्तो नभएको खन्डमा अब त्यहा विकास हुने सहर निकै अव्यस्थित अनि आधारभुत सेवा सुबिधाबिहिन हुन सक्ने खतरा बढ्न सक्छ ।।

त्यसैले अबको प्रविधिक पाटोमा कुन कुन ठाउमा तत्काल शहरी विकास योजना अवलम्बन गर्दा प्रभावकारी हुन्छ अनि कुन कुन ठाउमा दिर्घाकालिन गुरुयोजना अवलम्बन गर्दा प्रभावकारी हुन सक्छ भन्ने बहस अब केन्द्रिय स्तरमै हुनु अत्यावश्यक भैसकेको छ ।


https://twitter.com/BhandariCcr/status/1255892683526201344?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1255892683526201344%7Ctwgr%5E%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Fbhandariccr.wordpress.com%2Fblog-2%2Fpage%2F2%2F

Post a Comment

Previous Post Next Post