टिकटक, क्रिया , प्रतिक्रियाको प्रकृति र सामान्यीकरण

 टिकटक अर्थात musical ly, वा भनौं धेरैभन्दा धेरै व्यक्ति ध्यान खिच्न सकिने/खोज्ने एकदमै सजिलो एप्लिकेसन 

अहिलेको परिवेशमा भन्नुपर्दा अधिकांशको मोबाइलमा टिकटक  एप्लिकेसन भएको भेटिन्छ 


यहाँ मैले भन्न खोजेको चाहिँ,  हामी सबैलाई यो कुरा थाहा छ कि, हामी जुनसुकै  सामाजिक सञ्जाल चलाउँछौं त्यसले कुनै असर पक्कै पनि गरेकै हुन्छ,  असर भन्नेबित्तिकै नराम्रो मात्र भन्ने हुँदैन,  त्यो सकारात्मक  पनि हुन सक्छ अथवा असर नकरात्मक पनि हुन सक्छ 


टिकटकले दिएको सुविधाहरु कुरा गर्नुपर्दा यसले कुनैपनि प्रयोगकर्तालाई 15 देखि 60 second सम्म छोटो भिडियो बनाउन मिल्ने सुविधा दिइएको छ साथसाथै उक्त प्रयोगकर्ताको भिडियोमा दोहोरो प्रतिक्रिया  गर्न मिल्ने सुविधा पनि यसमा छ  अर्थात सबैले बुझ्ने भाषामा भन्नुपर्दा duet को सुविधा दिएको छ, Duet भनेको सीमा विहिन प्रतिक्रियाको साङ्लो अर्थात चेन हो 

यसले दिएका सुविधाहरु त भैहाले, र यसको प्रयोगको विषयमा कुरा गर्नुपर्दा यसमा बिभिन्न व्यक्तिहरुले आफ्नो प्रतिभा आफ्नो व्यवसाय विस्तारको लागि तथा मनोरन्जनको लागि प्रयोग गरेको पाइन्छ र यसलाई प्रयोग गर्ने अधिकांश पर्यो कर्ताहरु किशोरकिशोरीहरु छन्, मैले सुरुमै माथि भएजस्तो धेरैजसो किशोरकिशोरी  हरुको  मनसाय धेरैभन्दा धेरैको ध्यान  खिच्न चाहने एकदम भित्री चाहना  रहेको भेटिन्छ 


यो एपको  प्रख्याती  बढ्नुमा मैले देखेको एउटा कारणचाहिँ यो एप  आउनुभन्दा  पहिले  यस्तो कुनै सामाजिक सञ्जाल थिएन, जसमा क्षणिक समयमा नै  यतिधेरै अत्याधिक प्रख्याति   कमाइयोस


 टिकटक एपको मुख्य  सिद्धान्त भनेको प्रयोगकर्ता केन्द्रित सिद्धान्त हो, यसको अर्थ   यो हो कि यो एपले प्रयोगकर्ताको व्यक्तिगत रुचिमा बढी महत्व राख्दछ,   उसको interest केमा छ,  उसको अपेक्षा  केके छन्  केके हुनसक्छन्  उसले  दिने प्रतिक्रिया अर्थात् feedback  लाई  टिकटकले केलाउछ,  आन्तरिक रुपमा त्यसको विस्तृत विश्लेषण छ र अर्कोपटक उसले त्यस्तै त्यस्तै  भिडियो सामग्री उसको टाइमलाइनमा देखाई दिने गर्दछ ,  आफ्नो स्वाद अनुसारको सामग्री पाउँदा प्रयोगकर्ताहरु पनि निकै खुसी हुन्छन् किनकि उनीहरूलाई आफ्नो स्वाद अनुसारको सामग्री  खोजिरहनु पर्ने झन्झट टिकटकले आफैं समाधान गरिदिन्छ


 प्रयोगकर्ता केन्द्रित सिद्धान्तको बेफाइदा भनेको जुनसुकै व्यक्तिले पनि एकदमै सहजै रुपमा  कसैको व्यक्तिगत सूचना तथा जानकारी  उसले  टिकटकमा  राखेका भिडियो सामग्रीहरु हेरेर धेरै मात्रामा  जान्न सक्दछ,  कुनै अपरिचितले निकै सहज ढंगमा कसैको जानकारी प्राप्त गर्न सक्ने हुँदा उक्त जानकारी मार्फत जानकारीहरू केलाएर ति  जानकारीहरू मध्येको कमजोर बिन्दु समाएर कसैले कसैमाथि भावनात्मक रुपमा डर तथा धम्कीहरु दिनु वा देखाउनुहुन्छ अथवा भनौ आक्रमण नै गर्न सक्छ


 टिकटकमा  थुप्रै विषयका भिडियोहरु छन् ,  टिकटक मा भएका विषयवस्तु हरु मध्ये कतिपय सामग्रीहरु बच्चाको लागि उपयुक्त छैनन् ,  बच्चाको भाषा सापटी लिएर भन्नुपर्दा उक्त प्रकारका सामग्रीहरू नकारात्मक छन्,   इन्डोनेसिया को  उदाहरण  लिने हो भने इन्डोनेसिया भन्ने देशले  टिकटकमा  पाइने सामग्रीहरु बच्चाको लागि उपयुक्त छैनन्, नकारात्मक छन्,  शैक्षिक  रुपमा सहयोग पुर्याउने खालका छैनन् भन्ने निष्कर्ष निकाल्दै  यो  एपलाई ब्यान्ड गर्ने निर्णय भारतको अदालतले पनि सन् 2019 मा अश्लिल र  अनुउपयुक्त छ भनेर ब्यान्ड गर्न खोजेको नियम भेटिन्छ 




टिकटक एप्लिकेसनलाई धेरैजनाले आपत्तिजनक सामाजिक संजालको रुपमा पनि हेर्ने गरेको पाइन्छ, यसमा आउने सामग्रीहरू, हेरिने सामग्रीहरू आपत्तिजनक र बिषाक्त छन भनेर थुप्रै आलोचना वा भनौ गुनासोहरु सुनिरहेँकै   हो, यसमा आउने सामग्रीहरूले कुनै पनि व्यक्तिको मानसिकता वा मनस्थिति नै बर्बाद गर्न सक्ने जोखिम पनि यसमा रहेको पाइन्छ, यहाँ उल्लेखित मानसिकता बर्बाद गर्ने भन्नुको अर्थ उसको भावनात्मक संवेदना र संवेदना प्रतिको प्रतिक्रिया घटाउने भन्ने बुझिन्छ  

मैले एउटा सानो उदाहरण  दिन  चाहे,  गाउँमा हुर्केको हुनाले व्यक्तिगतरुपमा र कसैको घरमा पनि धारो नभएको हुनाले हामी पँधेरोमा नुहाउन जाने गर्दथ्यौं , उक्त क्रममा एक दिनको कुरा हो, म सानै थिए,  म धारोमा नुहाउनु भन्दा अगाडि केहीबेर खेल्न थाले, पानीमा खेल्दाखेल्दै मैले भ्यागुताहरु  देखें, म भ्यागुताहरू सँग खेल्न थाले, म सानै थिए र पनि भ्यागुता छोप्ने प्रयास गर्न  थाले, सुरुमा मलाई भागुता छोप्न निकै कठिन भयो,  साँच्चिकै भन्नुपर्दा मैले भ्यागुता सुरुमा छोप्नै सकिन, भ्यागुतो  यति धेरै   चलाख अर्थात टाठो थियो  कि  मैले उसलाई छोप्न हात लानु भन्दा धेरै पहिले उफ्री  हाल्थ्यो,  मेरा  थुप्रै  प्रयासपछि म भ्यागुता छोप्न सफल भए, मैले भ्यागुता केहीबेर  खेलाएपछि फेरि पानीमा छोडिदिए, पानीमा छोडिदिएको केहीबेरपछि मैले फेरि त्यही भ्यागुता छोप्न प्रयास गरे, यसपटक भने मलाई त्यही भ्यागुता छोप्न पहिलेको जस्तो धेरै कसरत गर्नु परेन, भ्यागुता अहिले पनि उफ्रिरहेको थियो तर हात नजिकै गएपछि उफ्रिएको हुँदा   उ  मेरो हातबाट फुत्किन सकेन,  भ्यागुतालाई मैले केही  समय खेलाएपछि फेरि पानीमा राखिदिए, मैले केही समय कुरेर फेरि उसलाई छोप्ने प्रयास जारी राखे, अबको पटकमा मैले निकै सजिलो तरिकाले  उक्त भ्यागुता छोप्न सफल  भए

यो माथिको उदाहरणबाट मैले भन्न खोजेको कुरा चाहिँ भ्यागुताको जस्तै हाम्रो संवेदना पनि उस्तै उस्तै हुन्छ, अर्थात हामी कुनै क्रिया प्रति सुरुमा उच्च संवेदना सहितको प्रतिक्रिया जनाउँदछौं, जब अर्कोपटक हामीसामु तेहि घटना घट्छ, त्यसपछि हामी उक्त  क्रिया प्रति  पहिलेको  भन्दा कम  संवेदना सहितको प्रतिक्रिया जनाउँदछौं,अझै अर्कोपटक  त्यहि क्रिया भयो भने अझै कम संवेदना सहितको प्रतिक्रिया जनाउँला

यो उदाहरण  हामी सामु घट्ने प्रत्येक क्रिया र त्यसको लागि हामीले जनाउने प्रतिक्रियामा प्रत्यक्ष रुपमा लागू हुन्छ, सामान्य अर्थमा भन्नुपर्दा  त्यो क्रियाको प्रकृति जस्तोसुकै भएतापनि हामीले  क्रिया प्रतिको प्रतिक्रियालाई सामान्यीकरण गर्दै लान्छौ, र त्यो सामान्यीकरण सकारात्मक पनि हुन सक्छ र नकरात्मक हुनसक्छ, सकरात्मक र नकरात्मक भन्ने कुरा क्रियाको प्रकृतिमा निर्भर रहन्छ 

 

                                                         blog on tiktok and social media by shishir bhandari
   


र समग्रमा टिकटक सहित सबै सामाजिक सञ्जालहरुको बारेमा  एकमुष्ट मा भन्नु पर्दा


मैले एउटा लेख पढेको थिए,  त्यसमा  भनिएको थियो कि सन् 1995 देखि सन् 2012 को बीचमा जन्मिएका हरु अधिकांशलाई सुन्ने हो भने इन्टरनेट अघि कुरा कस्तो थियो उनीहरु  केही पनि  सम्झिदैनन्, जान्दैनन्


 सन् 2012 पछि पुस्ताको त कुरै नगरौ, उनीहरुले भिन्नता महसुस गर्ने त कुरै रहेन


 मैले यहाँ सन् 2012 सम्म भनेर 2012 नै भन्नुको कारण सन् 2012 मा अमेरिकामा गरिएको/भएको सर्भे अनुसार सो समयमा 50 प्रतिशतभन्दा बढी अमेरिकीहरू सँग हातमा स्मार्टफोन भइसकेको अवस्था थियो र सन् 2017 मा 5 हजार अमेरिकी सँग भएको सर्भे अनुसार त झन् चारजना मध्ये तीनजना अमेरिकीसँग आइफोन नै भइसकेको अवस्था थियो 



सामाजिक संजालका कारण अहिलेका थुप्रै युवा पुस्ताको सामाजिक घुलमिल को प्रकृतिमा निकै परिवर्तन आएको प्रष्टै सँग देख्न सकिन्छ

संगसंगै यसले मानसिक स्वास्थ्यमा पनि प्रष्ट देखिने गरि परिवर्तन ल्याएको छ


मैले यो लेख लेख्ननाले  कोहीलाई हानीनोक्सानी गर्ला भनेर चाहिँ होइन ,  यहाँ त मैले वास्तविकता चित्रण गर्न मात्र खोजेको हुँ, र त्यो वास्तविकता भनेको हामीलाई सामाजिक संजालको लत भएको थाहा हुँदाहुँदै पनि हामी यसलाई निरन्तरता दिन छाड्दैनौं

Post a Comment

Previous Post Next Post