नेपालका राणा प्रधानमन्त्रीहरु

नेपालका राणा प्रधानमन्त्रीहरु

 बालनरसिंह कुँवर र रक्षा कुमारी का जेठा सुपुत्र जंगबहादुर राणा 

 

 जङ्गबहादुर राणा

  •  जङ्गबहादुर राणा बालनरसिंह कुँवर  रक्षा कुमारीका जेठा छोरा हुन्
  •  उनको बाल्यकालको नाम  वीरनरसिंह  हो
  • नेपालमा 104 वषिर्य राणा शासनको सुरुवात पनि यिनैले गरेका थिए
  • यिनी कोतपर्व पछाडि नेपालका प्रधानमन्त्री भएका थिए
  •  कोतपर्व के हो भनेर भन्नुपर्दा   चाहिँ  रानी राज्यलक्ष्मी का विश्वासपात्र गगन सिंहको विक्रमसंवत् 1903 भाद्र 31 गते भएको हत्यारा पत्ता लगाउन कोतमा भेला आयोजना  भएकोमा जंगबहादुरले फत्तेजंग चौतारिया, अभिमान सिंह बस्नेत लगायतका 40 जनाको हत्या गरे, यो नै कोत पर्व हो
  •   कोतपर्व विक्रमसंवत् 1903 असोज 2 गते भएको थियो
  •  कोतपर्व पछि जंगबहादुर राणालाई मार्ने अर्को षड्यन्त्र बन्यो
  • विक्रमसंवत् 1903 कात्तिक 12 गते फेरिपनि जंगबहादुरलाई मार्ने योजना बनाइयो
  • सो सूचना  विजयराज  ले दिएपश्चात जङ्गबहादुर राणाले वीरध्वज लगायतको हत्या गरेयसलाई भण्डारखाल पर्व  भनियो
  •  विक्रम संवत 1906 /1907  तिर जङ्गबहादुर राणा बेलायत घुम्न गएका थिएउनी बेलायत घुम्न गएको बेला उनले बमबहादुर राणालाई प्रधानमन्त्री बनाएर गएका थिए र 1907  मा  फर्किएपछि विक्रम संवत 1933 सम्म  जङ्गबहादुरले नै शासन गरे

photo of jung bahadur rana




 रणोद्दीप सिंह

·         रणोद्दीप सिंह जंगबहादुरका भाइ हुन्

·         जंगबहादुरको विक्रम संवत् 1933  माघ 31 गते  रौतहटमा निधन भएपछि  यिनले विक्रम संवत् 1933 देखि 1942 सम्म शासन चलाए

·         कर्मचारीलाई ऋण दिने तेजारथ अड्डा को स्थापना तथा पञ्चाङ्ग पात्रो को प्रकाशन को पाला देखि हुन थालेको हो

·         यिनको शासनकालमा 38 सालको पर्व भयो

·         2038 सालमा   रणोद्दीप सिंह  र उनका भाई  धिर शमशेरलाई मार्ने योजना नरेन्द्र विक्रम शाहले  बनाए तर नरेन्द्रविक्रम शाह योजना असफल भयो र नरेन्द्र विक्रम शाहलाई चुनारको जेलमा राखियो

·         विक्रम संवत् 1941 सालमा धिर शमशेरको माछाको काँडा अड्किएर मृत्यु भयो

·         धिर शमशेर  राणा हरुमा शमशेर लेख्ने पहिलो व्यक्ति थिए

·         धिर शमशेर17 भाइ छोराहरू थिए, यी भाइहरुले आफ्नो बाबुको मृत्यु पश्चात आफ्नो हातमा सत्ता ल्याउनको लागि थुप्रै प्रयासहरु गरे

·         र अन्त्यमा परिणामस्वरूप आफ्नो हातमा शासन ल्याउनको लागि विक्रमसंवत् 1942 यिनीहरूले आफ्नै काका रणोद्दीप सिंहको हत्या गरेर उक्त हत्याकाण्डलाई 42 सालको पर्व भनेर पनि चिनिन्छयो हत्याकाण्ड पश्चात  धिर शमशेरका 17 भाइमध्ये भाइहरू फरक-फरक समयमा गरि प्रधानमन्त्री भए

 

वीरशमशेर



·         वीरशमशेर माछाको काँडा अड्केर मृत्यु भएका बाबु धिर शमशेर का छोरा हुन्

·          उनले विक्रमसंवत् 1942 देखि 1958  सम्म प्रधानमन्त्री भएर शासन चलाए

·         वीर अस्पताललाल दरबारसेतो दरबारर घन्टाघर बनाएका थिए

·          वीरशमशेर विदेशी बैंकमा खाता खोल्ने पहिलो नेपाली थिएत्यस्तै उनी मोटर चढ्ने पनि पहिलो नेपाली हुन्

·          त्यस्तै जबरा अर्थात् जङ्गबहादुर राणा लेख्न सुरु गरेका पनि उनी पहिलो हुन् वा भनौं जबरा लेख्न सुरु गराएका ने उनैले हो 


 देव शमशेर

·         -देव शमशेर वीरशमशेर   काइला छोरा थिएयिनी अरु भन्दा अलि बढी हुँदा  उदारवादी एवं सुधारवादी राणा प्रधानमन्त्री भनेर चिनिन्थे

·         - उनका भाइहरू यिनको कार्यशैलीबाट डराएयिनको सुधारहरु देखि   सहेनन  र उनलाई सत्ताबाट हटाउन विभिन्न प्रयासहरु गरिरहे फलस्वरूप देवशमशेर 114 दिन मात्र प्रधानमन्त्री पदमा रहे

·          कार्यालय समय 10 बजेदेखि 5 बजेसम्म बनाउने प्रत्येक एकादशी र अन्य 17 दिन सार्वजनिक विदा दिने चलन देव शमशेरको पालादेखि शुरु भएको हो

·          30 भन्दा बढी विद्यालयको स्थापना र गोरखापत्र साप्ताहिकको प्रकाशन शुरु गरेका (विक्रमसंवत् 1958 बैशाख 24 गते सोमबारबाट)

·          12 बजे तोप पड्काउने जनगुनासो संकलन गर्न सुझाव पेटिकाको व्यवस्था गर्ने देवशमशेर पदबाट आफ्नै  भाइहरूले हटाएपछि धनकुटा गएर बसेका कारण उनलाई धनकुटे राजा पनि भनिन्छ

 

चन्द्र शमशेर 

·         चन्द्र शमशेर धिर शमशेर का  पाँचौं सन्तान थिए

·          आफ्नो दाजु देव शमशेरको सत्ता ढलाएर  विक्रमसंवत् 1958  देखि 1986  सम्म झण्डै 29 बर्ष शासन गरेका  यिनी अन्य भाइहरू भन्दा चलाख थिए

·          यिनलाई फिस्टे महाराज , मेट्रिक पास र घरको बाघ बनको स्याल  भनेर पनि चिनिन्छ

·          चन्द्रशमशेरले विक्रम संवत 1977  मा  सति प्रथाको अन्त्य गरेका थिए भने विक्रम संवत 1981    मा  दास प्रथाको अन्त्य भएको घोषणा गरेका थिए त्यस्तै विक्रम संवत 1985  मा  त्रि-चन्द्र सैनिक अस्पतालको स्थापना गरेका थिए

·          यिनले राणाहरुलाई ABC वर्गमा विभाजन गरेका थिए

·          खडक निशान छापको सुरुवात गरेका चन्द्रशमशेरले अक्सफोर्ड विश्वविद्यालयबाट डाक्टर अफ सिभिलको उपाधि समेत पाएका थिए

·         विक्रम संवत1968  मा  फर्पिङमा  विद्युत उत्पादनकार्यको सुरुवात गरेका  यिनले  भारतीय विभागको सहयोगमा वैज्ञानिक सर्भे गरेर नेपालको नक्सा तयार गरेका थिए

·         यिनको शासनकालमा विक्रम संवत 1977  मा   कौशल अड्डाका सुब्बा कृष्णलाल अधिकारिलाई मकैको खेती नामक पुस्तक लेखेका बापत् उक्त पुस्तकमा राणाहरुलाई घोचपेच गरेको कारण पक्राउ गरी झण्डै  9 वर्ष जेलमा राखेका थिएजसलाई मकै पर्व भनेर पनि चिनिन्छ

 

भिमशमशेर

  • भिमशमशेर धिर शमशेर का  सातौ सन्तान हुन्आफ्ना दाजु चन्द्रशमशेरको शासनकालमा 28 वर्ष नेपालको प्रधानसेनापति भएका थिए र  चन्द्रशमशेरले  भाई भिमशमशेर  लाई   शासन सुम्पिदा भिमशमशेर 64 वर्ष पुगिसकेका थिएमैले उनलाई बूढो पाको महाराज पनि भन्ने गरिन्छ
  •  शुक्रबार  आधा र शनिबार पुरा बिदा दिने चलन यिनैले चलाएका हुन् 
  •  नुन र कपासमा  भन्सार माफी दिएर भीम शमशेरले कपास खेतीको विकासमा जोड दिएका थिए
  • यिनकै शासनकालमा लाइब्रेरी पर्व विक्रमसंवत् 1986/87,  प्रचण्ड गोर्खा पर्व विक्रम संवत 1988,  चर्खा पर्व विक्रम संवत 1987,  वसन्त शमशेर पर्व घटेका  थिए
  •  भीम शमशेरले विक्रमसंवत् 1986  देखि विक्रम संवत 1989  सम्म झण्डै अढाइ वर्ष शासन गरे




जुद्धशमशेर

  •  विक्रम संवत 1989  देखि 2002  सम्म 13 बर्ष शासन गरेका यिनी धिर शमशेर का  17 भाइ छोरामध्ये पन्ध्रौं  नम्बरका  भाइ हुन्
  •  एसएलसी बोर्डको स्थापना, चिडियाखाना, कागजी मुद्रा को सुरुवात र जन्म र मृत्यु दर्ता अड्डाको स्थापना उनैको पालामा भएको हो
  •  निजामती कर्मचारीलाई तथा सैनिकलाई पेन्सनको व्यवस्था, स-साना घरेलु उद्योगलाई कर छुट गर्ने नीति पनि  यिनैकोपालामा आएको हो त्यस्तै सरकारी कोषको रकम निजी खातामा नराखी सरकारी  खातामा बैंकमा राख्ने व्यवस्था यिनैको पालादेखि भएको हो 
  •  13 दिनको क्रियाको प्रचलन चलाएका यिनले पद त्याग गरेर धर्मकर्ममा लागेकोले   यिनलाई राजर्षी महाराज पनि भनिन्छ
  • धनादेश को सुरुवात तथा टेलिफोनको सुरुवात गरेका यिनी  आफ्नो अन्तिम समयमा पाल्पाको अर्गलीमा गएर एकान्तबास बसेका र विक्रम संवत् 2009  मा  भारतको देहरादुनमा मृत्यु भएको थियो

 

पदम शमशेर

  •  पदम शमशेर सम्म आइपुग्दा शासन गर्ने पालो अब धीर शमशेर छोराहरु बाट  नातिमा सरेको देख्न पाइन्छ
  •  पदम शमशेर, धीर शमशेरका सातौँ सन्तान भिमशमशेरका  जेठा छोरा थिए
  •  उनले आँफुलाई म राष्ट्रको नोकर हुँ भन्ने घोषणा गरेका  थिए 
  • पद्मोदय हाई स्कूल र कन्या मावि स्थापना गरी नारी शिक्षाको व्यवस्था गरेका कारण यिनलाई स्कुलका पिता भनेर उपाधि  पनि दिइएको  पाइन्छ
  •  गोरखापत्र हप्तामा तीन पटक प्रकाशन गर्नेदेखि लिएर नेपाल खाद्य परिषदको स्थापना गरेका र सर्वसाधारणलाई बिजुलीको व्यवस्थाका साथै रेडियो सेट राख्न पाउने व्यवस्था पनि गरेका थिए 

 

मोहन शमशेर

·          मोहन शमशेरसबैभन्दा चलाख भनेर  चिनिएका  चन्द्र शमशेर जेठा छोरा  थिए

·         राणा शासनका अन्तिम प्रधानमन्त्री मोहन शमशेरले विक्रम संवत 2005  देखि 2008  सम्म  सत्तामा रहे

·          मोहन शमशेर प्रधानमन्त्री हुँदा नेपालमा राष्ट्रियताको आन्दोलनले चरम उत्कर्षको रुप लिएको थियो र  नेपाली जनताको उक्त आन्दोलनलाई मोहनशमशेर दबाउन चाहन्थे तर उनले त्यो सकेनन्

·          त्यसबेला नेपालका राजा त्रिभुवन थिएत्रिभुवन  पृथ्वी विक्रम शाहका छोरा हुन्

·         2007 सालको प्रजातन्त्र ल्याउन को लागि विशेष सहयोग एवं समर्थन गरेकोले राजा त्रिभुवनलाई राष्ट्रपिता पनि भन्ने गरिन्छ

·         राजा त्रिभुवन विक्रमसंवत्  2007 साल  कार्तिक 21  गते तरवार त्यागी भारतीय दूतावासको शरणमा पुगे र  2007 साल  कार्तिक 26 गते भारत प्रस्थान गरेविक्रम संवत 2007 साल फागुन 4 गते उनी नेपाल हगि र सोही वर्षको फागुन 7 मा प्रजातन्त्र आएको घोषणा गरे 

·         यसरी अन्तिममा प्रधानमन्त्री मोहनशमशेर बाध्य भएर प्रजातन्त्र प्रेमी जनता र राजाप्रति सहमति गर्न विवश भएँ र उनले विक्रम संवत् 2008 साल कात्तिक 26 गते राजीनामा दिए यसरी उनी राणाशासनको अन्तिम प्रधानमन्त्री भए ।

 


Post a Comment

Previous Post Next Post