सपना सार्थकता | CPDM THEORY FOR MEANINGFUL DREAM | Motivation Passion Dedication Continuity

 

सपना दुई प्रकारका हुन्छन ‚ एक प्रकारको सपना लाई हामि आखा बन्द गरेर देख्छौ, अर्कोथरीको सपना भने‚ हामि वर्तमानमा उभिएर‚ भूतमा बितेको समयलाई समिक्षा गर्दै‚ हालको मनस्थितिको अवस्थालाई लिएर‚ भविष्य प्रति प्रक्षेपण गर्दै गर्दा देख्दछौ .

माथि उल्लेखित दोस्रो आयामको सपना‚ मनास्तिथिमा एक्कासि उब्जने भन्ने चाहिँ होईन .

विभिन्न समयमा टेकेर‚ उक्त हालको समयको‚ भूतको समिक्षा गरेर मात्र‚ सो समयको सपनालाई परिभासित गर्न सकिन्छ .

 

सपनाको बीज भनेको उत्प्रेरणा हुन्छ, र यदि केहि कुरा कुनै बिजबाट उत्पन्न हुन्छ भने त्यस्तो चिजलाई सजिव मान्न सकिन्छ र सजीवको एउटा छुट्टै जीवन हुन्छ .

त्यसैले सपनालाई एउटा जीवित दृढ ईच्छाशक्ति पनि भनेर परिभाषित गर्न पनि सकिन्छ .

उदाहरणको लागि हामि सुरुमा बिजको रुपमा भ्रूर्ण हुन्छौ, समयाक्रम संगै हामि भ्रूर्ण  बाट शिशु , बालक , युवा , प्रौढ हुदै वृद्द  हुन्छौ , सपनाको जिवनक्रममा पनि यस्तै केहि शब्दहरु जस्तो कि उत्प्रेरणा , उक्त उत्प्रेरणा ले सिर्जना गरेको सपनाप्रतिको जोस , उमंग वा दृढ ईच्छाशक्ति जे भनौ , उक्त जोश प्रतिको लगाव र सँग सँगै सो आयामको लगावको निरन्तरताले नै सपनाले जीवन पाउछ वा भनौ सपनालाई सार्थक मान्न सकिन्छ .

 



                                                                                                Background Photo Pexels.com बाट लिईएको



जसरि कोहि बच्चामा मर्छ , कोहि युवा अवस्थामा मर्छ , वा कोहि जीवनको माथि उल्लेखित कुनै तहमा मर्ला , सपना पनि त्यसै हुन्छन , कुनै सपना अल्पायुमै मरेको पाईन्छ भने कुनै सपनाहरु सदावहार जीवित पनि भेटिन्छन .

मनस्थितिको दायरा हामि सबैको भिन्नाभिन्नै हुन्छ, हाम्रो सबैले सोच्ने तरिका अलगअलग हुन्छ, हामि सबैका भुतहरु  आफैमा अद्वितीय हुन्छन, सोहि कारण हामिले देख्ने सपनाहरु पनि भिन्नाभिन्नै हुन्छन .

 

हामिले भूतलाई समिक्षा गर्दै गर्दा आ-आफ्नो स्वादअनुसारको कुरालाई मात्र उत्प्रेरणाको रुपमा लिने गर्दछौ , एक जनाको लागि कुनै विशिष्ट कुरा उत्प्रेरणा लाग्यो भन्दैमा सोहि कुरा अर्कोको लागि उत्प्रेरणा कै काम गर्छ भन्ने हुदैन , तर एउटा कुरा सत्य होकि सपनाको लागि उत्प्रेरणा त चाहिन्छ नै, तर त्यो उत्प्रेरणा ठ्याक्कै एई नै हुन्छ भनेर एकिन गर्न चाहिँ  सकिदैन .

 

उत्प्रेरणाले उक्त सपना प्रति जोश जगाउने कार्य गर्दछ, एक प्रकारको दृढ ईच्छाशक्ति उत्पन्न गराउदछ, र त्यसबाट उत्पन्न उमंग लाई चिसिन दिदैंन

 

अब उमंग भएर मात्र सबै कुरा पुरा भने हुदैन, पुर्ण हुने दिशा तर्फ जानको लागि उत्पन्न भएको उमंग को गहिराईमा लगाव हुनुपर्दछ, लगाव बिनाको सपना उमंग मै मर्दछ .

यदि त्यस्तो उमंग को गहिराईमा लगाव भेटिन्छ भने अब सपना पूर्ण हुने दिशातिर गएको संकेत मान्न सकिन्छ ,त्यस्तो लगावमा निरन्तरताले निरन्तर साथ पाईरह्यो भने मात्र सपना पुर्ण भएको मान्न सकिन्छ .

 

अन्त्यमा भन्नुपर्दा, सपनालाई जिवन्त राख्नुको अरु कुनै विकल्प छैन .

Post a Comment

Previous Post Next Post