तिमी

तिमी 
फर्किएर आउनलाई
जान्छु, भनेर गएकी त होइनौ
तिमी 
फर्किएर नआउनलाई
म फर्किन्न, भनेर 
गएकी पनि त होईनौ

तिमी
फर्किन्छौ, फर्किन्नौ
त्यो त म जान्न सक्दिन
तर
एकपटक 
यी माथिका दुई विकल्पमा 
फर्किएर त हेर ।

Post a Comment

Previous Post Next Post