प्लाष्टर PLASTERING WORK

 कुनै पनि भौतिक संरचनाको स्वरूपलाई अन्तिम रुप  अथवा भनौं बाहिरी रुप दिनको लागि प्लाष्टर गरिन्छ



उपलब्ध बजेट र कार्यको गुणस्तर हेरेर विभिन्न प्रकारका प्लाष्टर को कामहरु गर्ने गरिन्छ



प्लाष्टर को प्रकृति अनुसार  यो तीन प्रकारको हुन्छ, यदि हामीसँग कम बजेट उपलब्ध छ भने One Coat प्लाष्टर गरिन्छ, त्यस्तै सामान्यतया हामी Two Coat प्लाष्टर गर्ने गर्दछौं र हामी अलि महत्वपूर्ण Project गर्दैछौं भने Three Coat प्लाष्टर पनि गर्ने गर्दछौं


प्लाष्टर गर्ने तरिका


मोटाइ को आधारमा सामान्यतया 12 mm  सम्मको प्लाष्टर One Coat  मा पर्दछ, त्यस्तै प्लाष्टर को  मोटाइ 15 mm  भन्दा बढी भएमा Two Coat प्लाष्टर गर्ने गरिन्छ 


  1. हामीले प्लाष्टर गर्नुपर्ने  सतह लाई सफा गरिन्छ, र त्यो सतहमा खाल्टाखुल्टी हरु भए उसलाई पुर्ने काम गरिन्छ,  यसरी खाल्टाखुल्टी पुर्नको लागि सिमेन्ट मसला होइन कि इटा वा ढुंगाका टुक्राहरु प्रयोग गर्ने गरिन्छ,प्लाष्टर गर्नुपर्ने सतह धेरै चिल्लो छ भने त्यसलाई खस्रो बनाइन्छ र Joint हरू र समग्र Wall लाई प्लाष्टर गर्नु अघि कम्तीमा 6 घण्टाको लागि  भिजाएर राखिन्छ


  1. Brick Masonry को लागि सामान्यतया 12mm को मोटाइ र Concrete Masonry को लागि 9-15 mm को मोटाइ राख्ने गरिन्छ,  यसको लागि (1:3 - 1:4) mortar प्रयोग गरिन्छ 


  1. First Coat सेट भइसकेको तर सुख्खा नभैसकेको अवस्थामा Second Coat को  काम सुरु गरिन्छ,  सतहको उचाइ 2-3 mm राख्ने गरिन्छ,  यसको लागि (1:4 - 1:6) mortar  प्रयोग गरिन्छ


यसरी प्लाष्टर गरेको  सतहलाई कम्तीमा सात दिनसम्म पानीले छ्यापेर चिसो बनाई राखिन्छ जसले गर्दा प्लाष्टर गरेको  सतहले आफ्नो बलियोपन र कठोरता(Strength and Hardness) प्राप्त गर्दछ


Post a Comment

Previous Post Next Post