बेर्नो बुटो

हिजो रुख, रुख थिएन
बेर्नो थियो
त्यो बेला
बेर्नोका हागा मसिना थिए
उसको उचाई थियो
पातहरु आखै टल्किने गरि
हरिया थिए
बेर्नोलाई एउटै मात्र उत्साह थियो
प्रेरणा थियो
उद्देश्य थियो
कि
उ चाहन्थ्यो
उसका हागा बलिया होउन
उचाई अझै धेरै होस
पातहरु अझै ठुला हुन
समयाक्रममा
बेर्नो ठूलो हुँदै गयो
उसको वृद्दी उर्लियो
उ अझैपनी उर्लिदै बढ्न खोज्दै छ
आज
उसमा पात पनि ठुला भए
हागाहरु पनि मोटा र बलिया भए
उचाई उसको गगनचुम्बी भयो
तर अब बुटोको वृद्धि रोकियो
उसलाई सबै पुग्यो
उसले सोचेको सबै हुँदै गयो
सिवाय एउटा कुरा
उसले अब चाहेर पनि
बढ्न सक्दैन
उसले आफ्नो उचाईको आकाश
महसुस गरिसक्यो
सरल भाषामा भनौ
बेर्नो बुटो भयो
बेर्नो बूढो भयो ।।



(हजुरबाको सम्झनामा)

Post a Comment

Previous Post Next Post