तिमी नै थिएउ

कोठाबाट टहलिएर 

केही पर, चिया पसलमा पुग्छु

कुर्सिमा बस्छु

हातमा चोर र बुढी औलाले 

सलाईको काटी समाउछु

र हेर्छु सेतो खम्बामा रहेको 

कालो सलाईको बारुदलाई

र सम्झन्छु तिमिलाई नै....

किनकी सुरुवात गर्ने

 त तिमिनै थिएउ ।


सलाईको बट्टाको कालोपत्रेमा

घ्वारर बारुद घसार्छु

र सम्झन्छु तिमिलाई नै....

किनकी ओसिएर बसेको मलाई

सल्काउने त तिमी नै थिएउ


अब आगोले टिपिसकेको सिगरेटलाई

म केही समय सास दिएर सहयोग गर्छु

सिगरेट पुत्ताउन सुरु गर्छ

र सम्झन्छु तिमिलाई नै....

किनकी...

सिगरेटलाई एकपटक पनि नसोधी

धुवाजसरी स्वतन्त्र भएर

उडिजाने त, तिमी नै थिएउ ।।।

Post a Comment

Previous Post Next Post