शब्दका बिस्कुन

शिर्षक : शब्दका बिस्कुन 

हर्ष उमङ्ग अनि उत्साहको बाढी

ठेलमठेल भावनाका एकोहोरो बाढी

थोरै निकट समय माथिको उत्सुकता

थोरै वर्तमान सम्मका परिघटना को समीक्षा

अटि नअटी अटाएका जस्तो

हेर्दै अटसमटस दर्शकका आँखा

पक्कै केही गहिरिएर नियालिरहेछन्

पक्कै केही नजरले खोजिरहेछन्

तर पात्रले दर्शक फेरबदल 

भईरहेको भान पाएको जस्तो

छिन छिनमा एउटै प्रकृतिको

नया नया दर्शक आए जस्तो

तर पात्र यस्तो चाहदैनथ्यो 

उसको आशा स्थिर दर्शकमा थियो

 ऊ बोलिरहेको थियो एकसुरमा

श्रोता हरु केही गम्भीर भए जस्तो

विषयवस्तुमा अलिकति गम्भीरता

थप गरेको भान हुन्थ्यो

पात्रलाई आफ्ना बाद अनि विचारमा 

अझ बढी रस पसेजस्तो

विषय वस्तुमा अझ बढी ठेस परेजस्तो

पात्र झन् भन्दा झन् 

खुलस्त हुँदै थ्यो

श्रोताका मडारिएका विचारका बादल

फेरिए जस्तो देखिएको माहोल थ्यो

पात्र थिग्रिदै थियो

श्रोता उत्रिदै थिए

चक्र चलेकै थ्यो

चक्र चलेकै थ्यो ...


---------शिशिर भण्डारी पुस २१  गते ---------






Post a Comment

Previous Post Next Post