जीवन त यस्तै हो

जीवन त यस्तै हो...

फगत कठिन सङ्घर्षले चुलिएको पहाड,

जहाँ हरेक कदम कदममा 

हावाजस्तै चुनौतीहरू चल्छन् ।

मैले जीवनको त्यो रङ्ग पनि देखेको छु

जुन अझै पनि उज्यालोमै लुकेको छ

जुन अझै पनि गुमनाम नै छन्

जीवन त यस्तै हो...

जहाँ सङ्घर्षको रङ्गले कोरिदिन्छ

एक नयाँ सुनौलो बिहानीको रेखा

जहाँ आशाका त्यान्द्राले जोडिदिन्छन

एक अनौठो न्यानो गुँड

मैले जीवनमा त्यस्ता आँखाहरू पनी देखेको छु

जुन आँखाहरू सपना बिना अन्धा जस्तै भएका छन्

मैले अहिलेसम्म बुझेको त,

जीवनमा सङ्घर्ष मात्र एउटा चीज रहेछ, जो हार कहिल्यै मान्दैन

जीवनमा रहर मात्र एउटा चीज रहेछ, जो मर्न कहिल्यै मान्दैन

जीवनमा सोख मात्र एउटा चीज रहेछ,जो भरिन कहिल्यै मान्दैन

त्यसैले, त्यसैले जीवन त यस्तै हो...





Post a Comment

Previous Post Next Post