फरक छ,,,
तिमीलाई, सामिप्यता भए मात्र पनि पुग्छ
म त माया गर्नु र हुनुमा पनि फरक देख्छु
के माया गर्दैमा हुन्छ र?
तिमीलाई, भईदिए मात्र पनि पुग्छ
म त हुनु र भईरहनुमा पनि फरक देख्छु
के हुँदैमा सधैं भइरहन्छ र?
तिमीलाई, छ्यापीए मात्र पनि पुग्छ
म त रुझ्नु र भिज्नुमा पनि फरक देख्छु
के रुझ्नु भनेकै भिज्नु हो र?
तिमीलाई, कल्पिय मात्र पनि पुग्छ
म त सम्झिनु र नबिर्सिनुमा पनि फरक देख्छु
के सम्झिनु भनेकै नबिर्सिने प्रयास मात्र हो र?